विराटनगर । विराट गोल्डकपको सेमिफाइनलका खेलहरु सोमबारदेखि सुरु हुँदैछ । आज साँझ आयोजक विराटनगर सिटी र जावलाखेलबीच हुँदैछ ।
आयोजकले सेमिफाइनल खेलको टिकटदर परिमार्जन गरेर ५०० बाट ३०० रुपैँया कायम गरेको छ ।
विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले दर्शकहरुको माग अनुसार टिकट दर घटाइएको जानकारी दिएका हुन् । सेमिफाइनलको अर्को खेल मंगलबार सशस्त्र प्रहरी बल र लुका सकर क्लव केरला भारतबीच मंगलबार हुनेछ ।
दुवै सेमिफाइनल चरणका प्रतियोगिताको टिकट दर ३०० रुपैँया कायम गरिएको छ । टिकट खल्ती एप वा मैदानकै काउन्टरबाट लिन सकिने छ ।