बिराटनगरमा एसएलसी क्विज मेनिया सम्पन्न

<span class='c1'>बिराटनगरमा एसएलसी क्विज</span> <span class='c2'>मेनिया सम्पन्न</span>

विराटनगर जेठ २३ , बिराटनगरमा एसएलसी दिएर बसेका बिद्यार्थीलाइ लक्षित गरि हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्कुल अफ इकोनोमिक संस्थाको आयोजनामा भएको हो ।
शनिवार भएको फाइनल प्रतिस्पर्धामा जेसी बालसदन स्कुलका सिमरण कर्ण, भावना कर्ण र बर्षा कर्णको समुह प्रथम भएको थियो ।
त्यस्तै सुस्मीता खडका, दिपक यादव र निश्चल मण्डलको समुह दोस्रो र शंकर यादव गौरव ठाकुर र शौरभ कर्णको समुह तेस्रो भएको थियो  ।
यसैगरी नगेन्द्र यादव, विवेककुमार यादव, सत्यनारायण गोहितको समुहले सान्तवना पुरस्कार पाएको थियो  ।

उक्त प्रतियोगितमा पूर्वाञ्चलका १६ जिल्लाबाट १ सय ८ जना एसएलसी परीक्षा दिएर वसेका विद्यार्थीशरु सहभागी रहेको आयोजक सस्थाका आरसी  कोइरालाले बताउनुभयो ।
प्रतियोगितामा विजयी हुने पहिलो टिमलाइ ६ हजार रुपैयाँ, शतप्रतिशत छात्रवृद्धि तथा टयुसन फ्रि, यसैगरी दोश्रो हुनेलाई ४ हजार रुपैया ७५ प्रतिशत छात्रवृद्धि र तेश्रो हुनेलाइ ३ हजार रुपैया र ५० प्रतिशत छात्रवृद्धि दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्