विराटनगर । विराटनगर ७ स्थित गहेली मार्गमा रहेको संजिवनी डेन्टल केयर सेन्टरले दन्त प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रयोग गरेको छ।
दन्त चिकित्सकको टिमले दन्त प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रविधीको सफल प्रयोग गरेको हो।
डा. फरवार्ड सिलवालको नेतृत्वमा रहेको डा. शोभना ज्ञवाली सिलवाल, डा.सञ्जिता कटुवाल सम्मिलित टिमले दन्त प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रविधि पत्ता लगाई सफल प्रयोग गरेको संजिवनी डेन्टल केयर सेन्टरले जनाएको छ।
उक्त प्रविधि प्रयोगको बारेमा 'केस स्टडी' चिकित्सकहरुको जर्नल अफ नेपाल मेडिकल एशोसिएशनमा समेत प्रकाशित भएको छ ।