ट्विटरको लोगोमा चरा हटाएर कुकुर

<span class='c1'>ट्विटरको लोगोमा चरा</span> <span class='c2'>हटाएर कुकुर</span>

काठमाडौँ । एलोन मस्कले ट्विटरमा अर्को ठूलो परिवर्तन गरेका छन्।

यस पटक उनले ट्विटरको लोगो परिवर्तन गरेका हुन् । उनले नीलो चरा हटाएर कुकुरलाई नयाँ लोगो बनाएका छन्।

उक्त परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित भएका छन्। किनभने ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन्, त्यसपछि यो विश्वास गरिएको छ कि डग्गी ट्विटरको नयाँ लोगो हुनेछ।

सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थाले। यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । ट्वीटरको मोबाइल एप र ब्लग देखि अन्य आधिकारिक साइटहरूमा ट्वीटरकै लोगो देखिन्छ भने डजक्वाइनको लोगो भने ट्वीटरको वेबसाइटमा मात्र देख्न सकिन्छ ।

अमेरिकी अर्बपति मस्कले गत अक्टोबरमा ट्विटर खरिद गरेका थिए। त्यसपछि मस्कको निर्णयका कारण चर्चामा रहे। जसमा ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीईओलाई हटाउने कार्य समावेश थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्