विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा नयाँ बर्षको अवसरमा पुल पार्टी हुने भएको छ।
बैशाख १ गते होटल एशियाटीकको स्वीमिङ्ग पुलमा पुल पार्टी हुने भएको हो ।
पुलपार्टीमा डिजे अन्नोन ,डिजे एके र डिजे उत्तमको प्रस्तुति साथै डान्स,म्युजिक,ड्रिंक,फुड र स्वीमिङ्गको मनोरन्जन लिन सकिने होटल एशियाटीकका संचालक पुन्य भट्टराइले जानकारी दिए ।
विराटनगरवासीलाई मनोरन्जन प्रदान गराउने उदेश्यका साथ पुलपार्टी आयोजना गर्न लागिएको भट्टराइले बताए ।
उक्त पुल पार्टीमा लाइभ किचनको समेत व्यवस्था रहेको होटलले जनाएको छ। अहिले पुल पार्टीको लागी टिकट बिक्री वितरण भईरहेको र टिकट दर एक हजार टिकटसगै एउटा क्यान वियर उपलब्ध गराउने संचालक भट्टराइले जानकारी दिए।
बैशाख १ गते हुने पुल पार्टीको अनलाइन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।