तुलसीका अध्यक्ष शर्माका ३३ निजी कम्पनीमा सहकारी रकम प्रवाह

<span class='c1'>तुलसीका अध्यक्ष शर्माका ३३ निजी</span> <span class='c2'>कम्पनीमा सहकारी रकम प्रवाह</span>

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले आफ्ना ३३ निजी कम्पनीहरुमा बिना धितो र कागजात रकम प्रवाह गरेर सर्वसाधारणको बचत डुबाएका छन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालयमा बुझाएसँगै मोरङ जिल्ला अदालतले ठगी सम्बन्धि मुद्दामा तीनजना प्रतिवादीलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ । अनुसन्धान प्रतिवेदनमा अध्यक्ष शर्माको मौखिक आदेशमा आफ्नै कम्पनीमा रकम प्रवाह गरेर घोटाला गरेको पाइएको हो ।

ठगी गर्ने मनसायले अध्यक्ष शर्माले निजी कम्पनीमा रकम प्रवाह गरेर स्वार्थको द्वन्द हुने गरि काम गरेको र ढाकछोप गर्न झुठा लेखा परीक्षण प्रतिवेदन तयार पारेको देखिएको छ । अदालतले पक्राउ परेका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक मन्दिप खवासलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ । प्रहरीले झुठा लेखा परीक्षण प्रतिवेदन तयार पार्न सहयोग गरेको आरोपमा पक्राउ गरेका सिए सितलकुमार चन्दलाई भने जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष शर्मासहित उपाध्यक्ष गौतम, सचिव न्यौपाने, प्रवन्धक खवास, सञ्चालक सदस्य छविलाल विश्वकर्मा, निर्मला पोखरेल भट्टराई, बन्दी अधिकारी, आदित्यराज भट्टराई विरुद्ध प्रहरीले ठगी विरुद्धको मुद्दामा अनुसन्धान गरेको थियो ।

प्रहरीमा विराटनगर मुख्य कार्यालयमा बचत जम्मा गर्ने एक हजार ३०७ जनाले उजुरी दिएका थिए । उनीहरुको ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपिँया रकम ठगी गरेको देखिएको छ । प्रहरीले चैत १६ गते जिल्ला सरकारी वकिल कार्यालय मोरङमा अभियोजन प्रतिवेदन बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले चैत २१ गते अदालतमा अभियोगपत्र दायर गरेको थियो । थुनछेक बयानपछि बहस सकेर अदालतले चैत २४ गते उपाध्यक्ष गौतम, सचिव न्यौपाने र क्षेत्रीय प्रवन्धक खवास पूर्पक्षका लागि थुनामा चलान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्