विराटनगर । विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन् । पत्रकार कल्याण कोषले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिक्रम निरौलालाई ५१ हजार नगद राशीको सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजन संवाददाता उषा सरदारलाई ३१ हजार राशीको नगद पुरस्कार प्रदान गरेको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुवैजनालाई सोमबार आयोजित कार्यक्रममा पुरस्कार वितरण गरेका हुन् ।