दुर्घटनामा मृत्यु भएका गुरुङको परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ

<span class='c1'>दुर्घटनामा मृत्यु भएका गुरुङको परिवारलाई</span> <span class='c2'>क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ</span>

विराटनगर । दुर्घटनामा मृत्यु भएको शिवकुमार गुरुङको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ गरेको छ ।

मृतकको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै सोमबार चालक सरोज सिग्देलको घर घेराउ गरेको हो ।


विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा सुनसरी बर्जु-४ अमडुवाका गुरुङको मृत्यु भएको थियो ।

उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका घाइतेलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा भर्ना गरिएको थियो । चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।


मृतकका भाइ(काकाको छोरा) बद्री कुमार गुरुङ्ले मृतकका परिवारलाई हेरविचार गर्दिनु पर्ने बताए । ठक्कर दिने पक्षले सरकारी नियम अनुसार ६-७ लाख दिने कुरा भएको उनले बताए । यता, चालक पक्षले दस लाख क्षतिपूर्ति दिने बताउदै आएको चालक सिग्देलका एक आफन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्