विराटनगर । विराटनगरबाट २० हजार घुस लिदालिदै बर्जु गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर अजय मेहतालाई घुस लिदालिदै पक्राउ गरेको हो ।
घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस लिने क्रममा उनी नियन्त्रणमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
आयोगको इटहरी कार्यलयबाट खटिएको टोलीले मेहतालाई २० हजार घुस लिने क्रममा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ स्थित चादँनी चौकबाट उनी नियन्त्रणमा परेका हुन् ।
उनी सुनसरीको देवानगञ्ज घर भई बर्जु गाउँपालिका छैटौँ तहका कर्मचारी थिए ।