विराटनगर । मोरङको बुढीगंगा गाउँपलिका १ स्थित टंकीसिनुवारी चोकमा कोशी प्रदेशकै पहिलो गणित विषयको ल्याव संचालनमा आएको छ।
सोमबार एक कार्यक्रम आयोजना गरी गणित विषयको ल्याव एडभान्स एजुकेसन मेटेरियल्स हव संचालनमा आएको हो ।
गणित विषय शिक्षकको सक्रियतामा संचालनमा ल्याईएको ल्यावको बुढीगंगा गाउँपलिकाको मेयरको जीत नारायण थापा मगरले उद्घाटन गरेका थिए।
सरकारी र निजी दुबै स्कुलमा विज्ञान र कम्युटर प्रयोगशाला भए पनि गणित प्रयोगशाला भने निकै कम निर्माण हुने गरेको पाइएको छ ।
निर्देशक तथा प्रशिक्षक दयामान श्रेष्ठका अनुसार गणित प्रयोगशाला सबै स्कूलको पहुँच पुगोस भन्ने उदेश्यले कोशी प्रदेशको पहिलो गणित ल्याव संचालनमा ल्याएको उनको दाबी छ।
गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको विषय हुँदाहुँदै पनि त्यसको मूर्त धारणा बसाउन ल्यावको अभावमा बालबालिकाले कठीनाई महशुस गर्ने गर्दछन् । ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै विषयलाई पनि गर्दै र सिक्दै पद्दतीबाट एवम् जानेकोबाट वा नजानेकोतर्फ तथा अभ्यासबाट सुत्रतर्फ लैजान सकिने गणित विषयका निर्देशक तथा प्रशिक्षक श्रेष्ठले बताए ।
ल्यावमा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री समेत रहेका श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी जीत नारायण थापा मगरले गणित विषयलाई प्रयोग्यात्मक तरिकाले पढ्नपठन गराउदा विद्यार्थीहरुले सहज तरिकाले बुझ्न सक्ने साथै गाउपालिकाको शिक्षा क्षेत्रमा अझ टेवा पुगेको बताए । शिक्षाको क्षेत्रमा स्थानीय सरकारका तर्फबाट होस् वा ब्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न सधैं तयार रहेको सुनाए ।
बुढीगंगा गाउँपलिकाको मेयरको जीत नारायण थापा मगरको प्रमुख आतिथ्यमा उद्घाटन समारोहमा म्याथ काउन्सिल कोशी प्रदेशका अध्यक्ष हरि पराजुली, प्याबसन मोरङका कोषाध्यक्ष बिश्नु डङ्गोल,श्री नरग्राम माविका प्रअ नरेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।