विराटनगरमा ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरू

<span class='c1'>विराटनगरमा ऋचा मेमोरियल टी–२०</span> <span class='c2'>क्रिकेट प्रतियोगिता सुरू</span>

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ५ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२४ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ५ बलमा ६ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका रवि रोयले ३० बलमा ५० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए ।

आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशवलम ५ बलमा अलआउट भइ १२५ रनमा समिति भयो । आर्मीका हरी चौहानले ५० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ५ छक्का र ६ चौक्का प्रहार गरे । राजेश पुलामीले २६ बलमा ३५ रनको योगदान गरे ।

नरपथगञ्जका श्रवन वर्माले ५ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । म्यान अफ द म्याच नरपथगञ्जका श्रवन घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ५ विकेटले हराउँदै विभागीय टिम एपीएफ विजयी भएको छ ।
११६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशवलम ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जसमा एपीएफका पुरन बिकले २७ रन, अरुणले २६ रनको योगदान दिए ।
बलिङमा वाइआरसीसीका कमल खत्री, हर्षले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ्ग गरेको वाइआरसिसीले १८. ४ बलमा अलआउट भइ १ सय १४ रनमा समेटियो । वाइआरसिसीका अलराउन्डर खेलाडी हर्षले ३० बलमा ५५ रन बनाए । उनले चार चौक्का र २ छक्का हाने ।

एपीएफका दुरन बिकले ३.४ बलमा २६ रन खर्चेर ५ विकेट लिए । एपीएफका अमरसिंह सौटेलाले ३ विकेट लिए । २२ रन र ३ विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

लिकको आधरमा भएको प्रतियोगितामा मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ ।

चैत २७ देखि वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेताले १ लाख ४० हजार र उपविजेताले ७४ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ४० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्