ढाका कुमार र दुर्गा प्रसाँईबीच दुई करोड ड्रिल बारे छलफल गर्न बैठक बस्नु अगावै अर्को अडियो सार्वजानिक

<span class='c1'>ढाका कुमार र दुर्गा प्रसाँईबीच दुई करोड ड्रिल बारे</span> <span class='c2'>छलफल गर्न बैठक बस्नु अगावै अर्को अडियो सार्वजानिक</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक बस्नु अगावै ढाका कुमार श्रेष्ठको अर्को अडियो सार्वजानिक भएको छ । मंगलबार पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने तयारी छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ । तर, त्यसपछि पनि पुनः दुर्गा प्रसाँईसँग भेट्ने र कुरा गर्ने मनसायसहितको अर्को अडियो सार्वजानिक भएको छ । त्यसमा रबि लामिछाने र दुर्गा प्रसाँईलाई मिलाएर एउटै पार्टी वा मञ्चबाट अगाडी बढ्ने उल्लेख गरिएको छ ।

ढाका कुमारले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएपनि अडियो सार्वजानिक भईगयो अब एक पटक भेटेर कुरा गर्न चाहेको भन्दै कुराकानी गरेको अर्को अडियो पनि बाहिरिएको छ ।

उक्त अडियोमा पहिलो अडियोबारे अर्का व्यक्तिमार्फत उनले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन् । पैसा डिलमा रास्वपाको अन्य व्यक्तिहरु समेत संलग्न रहेको खुल्दै गएको छ । बेथिती विरुद्ध राजनीतिमा आएको बताउने रास्वपाका नेताहरुले एमाले–काँग्रेसले ७० वर्ष चलाएको सरकारको गन्जागोल छिचोल्न असजिलो परेको बताउँदै प्रसाँईसँग सहयोग मागिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्