सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने विराटनगर महानगरको अभियानमा सरोकारवालाको साथ

<span class='c1'>सुर्तीजन्य पदार्थ सेवन निषेध गर्ने</span> <span class='c2'>विराटनगर महानगरको अभियानमा सरोकारवालाको साथ</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने अभियानमा सरोकारवालाहरुले पनि साथ दिने भएका छन् ।

महानगरले मंगलबार आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाहरुले महानगरले गरेको निणर्य कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको जनाए । महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेत र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा भएको छलफलमा सहभागीहरुले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कठोर कदम चाल्नसमेत महानगरलाई सुझाव दिए ।

कार्यक्रममा नोवेल मेडिकल कलेजका प्रिन्सिपल डा. अमर यादव, विराट हेल्थ कलेजका प्रिन्सिपल अजयकुमार दास, कोशी हेल्थ इन्सिच्यूटका व्यवस्थापक सुधन पौडेल, न्यूरो हेल्थ कलेजका प्रिन्सिपल टीका निरौला, नर्सिङ कलेज विराटनगरकी प्रमुख मेनुका भण्डारी, हाम्रो नर्सिङ कलेजका प्रिन्सिपल प्रिजा केसी भट्टराई, पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराई, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायतका प्रतिनिधिहरुले सुर्तीजन्य पदार्थको सेवनका कारण प्राणघातक रोगहरु बढ्दै गएकाले उत्पादनमै रोक्नुपर्नेमा जोड दिए ।

सहभागी सबैले महानगरपालिकाको नगर सभाको निणर्यलाई स्वागत गर्दै अभियानलाई सफल पार्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए । छलफलमा सहभागीहरुले वैशाख १ गतेदेखि आफ्नो कार्यालयमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने प्रतिबद्धता जनाएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । छलफललाई सम्बोधन गर्दै कार्यबाहक मेयर बस्नेतले महानगरको निणर्य कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । उनले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गरे महानगरले कारबाही गर्ने चेतावनी दिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले पहिलो चरणमा मानिस व्यवहारमा परिवर्तन ल्याउनका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताए ।

अभियानलाई प्रभावकारी बनाउन बिहीबार महानगरबाट सचेतनामूलक र्‍याली निकालिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्