विराटनगरका ब्युटिसियनलाई नयाँ हेयर टेक्निकल सम्बन्धी तालिम

<span class='c1'>विराटनगरका ब्युटिसियनलाई नयाँ हेयर</span> <span class='c2'>टेक्निकल सम्बन्धी तालिम</span>

विराटनगर । विराटनगरमा ब्युटिसियनहरूलाई थप क्षमना अभिवृद्धी गर्ने उदेश्यका साथ एक दिने ‘बेरिना हेयर टेक्निकल’ तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर नगर कमिटिले मंगलबार हेयर कटिङ्ग सम्बन्धी तालिम दिएको हो । तालिममा विराटनगरका ८० जना भन्दा बढी व्युटिसियनहरु सहभागी सहभागी थिए ।

विराटनगरमा व्युटिपार्लर व्यावसाय संञ्चालन गर्दै आएका ब्युटिसियनहरुको क्षमता अभिवृद्धी गर्दै हेयर कटिङ्गदेखी हेयरको विभिन्न स्टाईल लुक्सको कलरहरु बनाउने प्रशिक्षण प्रदान गरिएको थियो । साथै हेयरका नयाँ टेक्निकल सम्बन्धी बेरिना हेयर टेक्निकल सेमिनर आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बाले जानकारी दिइन् ।


सेमिनरको सहजिकरण हबिज फेयर ब्युटि सैलुनका हेयर एक्सपर्ट कृष्ण पन्थि लगायत उनको समुहले गरेका थिए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उप महासचिव ममता प्रधानले तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्नु पर्नेमा जोड दिइन् । बेरीना कम्पनीकी मेनेजर सुमा चित्रकारले हेयरको नयाँ टेक्निकल बारेमा तालिममा सिकेको ज्ञान दैनिक जिवनमा उतार्नु पर्ने बताइन् ।

उक्त कार्यक्रममा सहयोग बेरीना कम्पनीले गरेको थियो । साथै कार्यक्रममा प्रशिक्षक तथा अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्