फेसबुकमा डाक्टरहरुको हाजिरी हालेको भन्दै कोशी अस्पतालमा डाक्टर आन्दोलित

<span class='c1'>फेसबुकमा डाक्टरहरुको हाजिरी हालेको भन्दै</span> <span class='c2'>कोशी अस्पतालमा डाक्टर आन्दोलित</span>

आफूहरुले गल्ती गरेको भए नियमनकारी निकायले कारबाही गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । जसले पायो त्यसले अस्पतालमा आएर हप्काउने, दुव्र्यबहार गर्ने जस्ता कार्य रोकिनुपर्ने चिकित्सकहरुको भनाई छ ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले अस्पतालमा आएर नियमित सोधी खोजी गर्न थालेपछि त्यसको बिरोध जनाएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी तोयम रायाले चिकित्सकले गल्ती गरेको भए सरकारी निकायले नै दण्ड जरिबाना गर्ने व्यवस्था भएकाले सामाजिक संघ संस्थाले चिकित्सकको अनुगमन गर्न नमिल्ने बताउनु भएको छ ।

एन्टिकरप्सन मुभमेन्टका संयोजक पारुल क्षत्रीले डाक्टरहरु समयमा नै अस्पताल नआउने अनि क्लिनिकमा समय बिताएपछि यसरी आम नागरिकहरुले आफ्नो अधिकार प्रयोग गरेको बताउनु भयो ।

बिरामीले उपचार नपाउने अनि डाक्टरहरु क्लिनिकमा समय बिताइदिँदा सर्वसाधारणले दुःख पाएको देखेर एन्टिकरप्सन मुभमेन्टले अभियान चलाएको उहाँको भनाई छ ।

आम नागरिकको स्वास्थ्यको बारेमा गम्भीर नहुने अनि समयमा कार्यालय नआएको भनेर सोधी खोजी गर्दा काम नै बन्द  गर्नु गलत भएको उहाँको तर्क छ ।

यसैबिच, नेपाल चिकित्सक संघले बिहीबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कोशी अञ्चल अस्पतालको हाताभित्र अस्पतालसँग असम्बन्धित व्यक्ति प्रवेश गरि कार्यालय भवन अगाडि बसी चिकित्सक तथा स्वास्थ्यकर्मीको नियमित कार्यमा अवरोध हुने गरि अमानवीय व्यवहार गर्दै आएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक बिज्ञप्ती जारी गर्दै संघका महासचिव फर्डवार्ड सिलवालले चिकित्सक तथा नर्सहरुको चरित्र हत्या गर्ने खालका फोटो सर्बजनिक सञ्जालमा पोष्ट गरेकोमा आपत्ती जनाएका छन् । एन्टी करप्सन मुभमेन्टले कार्यालयमा आएको र गएको डाक्टरहरुको फोटो खिचेर फेसबुकमा अपलोड गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्