युरोपेली सङ्घद्वारा कोरोना विरुद्धको १५ लाख मात्रा खोप प्रदान

<span class='c1'>युरोपेली सङ्घद्वारा कोरोना विरुद्धको १५</span> <span class='c2'>लाख मात्रा खोप प्रदान</span>

काठमाडौँ । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हिस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताउनुभयो । राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्