गर्मीमा बच्चालाई बिरामी हुनबाट यसरी जोगाउन सकिन्छ

<span class='c1'>गर्मीमा बच्चालाई बिरामी हुनबाट</span> <span class='c2'>यसरी जोगाउन सकिन्छ</span>

एजेन्सी । गर्मी मौसम सबैका लागि चुनौतीपूर्ण हुने गर्दछ । त्यसमाथि साना बच्चाहरुको रेखदेख गर्नु झनै चुनौतीपूर्ण हुन्छ ।

खासगरी गर्मी मौसममा बच्चाहरु धेरै विरामी पर्ने गर्दछन् । वयस्कहरुलाई जसरी यस मौसममा बच्चाहरुलाई पनि पानीको कमी हुने, हिटस्ट्रोक, झाडापखाला लगायत विभिन्न समस्याहरु हुने गर्दछन् ।

यस्तोबेला साना बच्चाहरुलाई हेरचाह गर्नु एकदमै चुनौतीपूर्ण हुन्छ । तपाईं पनि बच्चालाई लिएर यही तनावमा हुनुहुन्छ भने आउनुहोस् आज बच्चालाई हेरचाह कसरी गर्ने भनेर जान्ने प्रयास गरौं ।

साना बच्चालाई दुध एकदमै जरुरी

गर्मी मौसममा शरीरलाई हाइड्रेड राख्नका लागि प्रसस्त मात्रामा पानी पिउने सल्लाह दिइन्छ । साना बच्चाहरुको शरीरमा पनि पानीको कमी हुने गर्दछ । यस्तोमा बच्चालाई पानीबाहेक दुध पनि दिने गर्नुपर्दछ । यसले उनीहरुलाई रोगसँग लड्ने शक्ति पनि प्राप्त हुन्छ ।

बालरोग विशेषज्ञका अनुसार गर्मीमा ६ महिनादेखि कम उमेरका बच्चालाई त दुध पिउनु एकदमै आवश्यक हुन्छ । किनकी उनीहरु अन्य खानेकुराका साथै पानी समेत पिउने भएका हुँदैनन् । त्यसैले उनीहरुलाई प्रयाप्त मात्रामा आमाको दुध खुवाउन आवश्यक हुन्छ ।

साना बच्चालाई बाहिर जान नदिने

विशेषज्ञहरुका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म एकदमै कडा घाम लाग्ने गर्दछ । त्यसैले यो समयमा भुलेर पनि बच्चालाई बाहिर घाममा जान दिनु हुँदैन । घाममा लामो समय बस्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै छिटो छिटो विरामी हुने समस्या हुन्छ ।

बाहिर लग्ने समयमा उनीहरुलाई सुतीको पातलो कपडा लगाइदिने साथै शरीर पूरा ढाकिने खालको लुगाहरु लगाइदिनु पर्ने हुन्छ । यसरी गर्मीमा बच्चाहरुलाई बाहिर लग्नबाट सुरक्षा गर्न सकिन्छ ।

साना बच्चालाई धेरै कपडा नलगाइदिने

तपाईंको बच्चा जुन ठाउँमा धेरै समय बिताउँछ त्यो ठाउँलाई आरामदायक तथा सितल बनाउनु पर्दछ । एकदमै तातो सिरक आदिले बच्चालाई गर्मी गराउन सक्छ त्यसैले सुतीको कपडा चयन गर्नु राम्रो हुन्छ ।

बच्चालाई अनावश्यक धेरै कपडा लगाइदिनु हुँदैन । त्यसले उसलाई पसिना आएर भित्रभित्रै चिसो हुन पनि सक्छ । त्यसैले बेला बेलामा बच्चाको कपडा पसिनाले भिजेको छ कि छैन हेर्नु पर्दछ । यदी भिजेको छ भने तुरुन्त अर्को लुगा फेर्नु बुद्धिमानी हुन्छ ।

बच्चालाई गर्मी भएको कसरी थाहा पाउने ?

साना बच्चाहरुको पसिनाको ग्रन्थी पूर्ण रुपमा विकसित भएको हुँदैन । त्यसैले उसलाई गर्मी भएको छ कि छैन भनेर थाहा पाउन सकिँदैन । यस्तो अवस्थामा केही संकेतबाट बुझ्नु पर्ने हुन्छ

बच्चा ढिलो वा चिडचिडा भइरहेको हुन्छ । बच्चाको छाला सामान्य भन्दा अत्यधिक रुखो देखिन थाल्छ । शरीरमा लामो समय पानीको कमीका कारण बच्चाले दुध पनि पिउन छोड्छ । जो अत्यधिक डिहाइड्रेसनको संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्