विराटनगर ११ स्थित जनपथ टोलमा ऋद्धि सप्लायर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
हिक भिजन सिसी टिभी क्यामरा उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनीको शोरुम संचालनमा आएको हो ।
ऋद्धि सप्लायर्सले हिक भिजन सिसि टिभी क्यामराको विक्री गर्ने आधिकारिक विक्रेताको रुपमा उक्त शोरुम संचालनमा ल्याइएको संचालक जयन्त बोथराले जानकारी दिए ।
नयाँ बर्ष २०८० सालको बैशाख १ गते शुक्रबारदेखि विराटनगरको जनपथ टोलमा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की,सन्तोष रिजाल, हिक भिजन कम्पनीका मार्केटिङ म्यानेजर मोहम्मद चुन्न र ऋद्धि सप्लायर्सका संचालक जयन्त बोथराले सुविधा सम्पन्न नयाँ शोरुपको उद्घाटन गरेका थिए ।