विराटनगर । नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनले खेलकुद सामाग्री वितरण गरेको छ।
समाज सेवामा सधैं समर्पित भन्ने मुख्य उद्देश्यलाई निरन्तरता दिँदै नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनले आमाको माया छात्रावासमा आयोजित खेलकुदका सामाग्री वितरण गरेको हो।
छात्रावासमा १० हजार बराबरको क्रीकेट ब्याट एवं सेट, फुटबल, भलिबल लगायतका सामाग्री वितरण गरेको सहज फाउन्डेसनले जनाएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष राहुल रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी एवं सदस्य, नेपाली कांग्रेस का युवा नेता तथा समाजसेवी कृष्ण कार्की ,भोला मण्डल, अर्जुन मन्डल अभिषेक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।