विराटनगरमा गर्मी अधिक, बिजुली गायब

<span class='c1'>विराटनगरमा गर्मी अधिक,</span> <span class='c2'>बिजुली गायब</span>

विराटनगर । विराटनगरमा गर्मी बढेको छ । गर्मी बढेसँगै बिद्युतको खपत बढ्ने बेलामा ‘बिजुली गायब’ भएको छ । ग्राहस्थ खपत बढेसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड र हाफ लोड’ को समस्या दैनिक बढाउँदै लगिएको छ । आन्तरिक र आयात ले माग धान्न नसक्दा उद्योगहरुलाई सेड्युल तोकेर आपूर्ति गर्न थालिएको हो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार साहले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको छ । दुहबी ग्रिडले साँझमा आवश्यक पर्ने सप्लाई दिन सकिरहेको छैन । जसका कारण एका पट्टी कटाएर अर्को पट्टी छोड्नु पर्ने अवस्था रहेको छ । ग्राहथ्य फिडरमा तालिकासहितको लोड सेडिङ्ग गर्नुपर्ने स्थिति छैन तर, ठूला उद्योगहरुमा सड्युल तोकेर ‘लाईट लोड’ भईरहेको छ । बिहान र साँझ उद्योगहरुलाई लाईट लोड र हाफ लोडमा बस्न प्राधिकरणले अनुरोध गर्दै आएको छ ।

उद्योगीले अघोषित लोड सेडिङ्ग हुँदै आएकोले उत्पादनमा समस्या भईरहेको गुनसो गरेका छन् । मोरङ व्यापार संघले मंगलबार एक विज्ञप्ती प्रकाशित गरेर बिद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग गरेको छ । यस अगाडी उद्योग संगठन मोरङले औद्योगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै बिद्युत आपूर्ति प्रणाली सहज बनाउन माग गरेको थियो ।

भारतको कटैयाबाट आपूर्ति हुने बिद्युत न्यून मात्रै रहेको छ । दुहबी ग्रिडका प्रमुख रोशनकुमार खड्काले २४० मेघावाट आवश्यक पर्नेमा आन्तरिक र भारतबाट ८० मेघावाट आयत भएको बिद्युत सबैतिर पु¥याउनु पर्ने अवस्था आएको बताए ।
मंगलबार साँझ भने सप्तरीको रुपनीमा १३२ केभी प्रशारण लाइनको सव–स्टेशनको ब्रेकर पड्केर बिद्युत आपूर्ति अवरोध भएको जानकारी गराइएको छ ।

नेपाल बिद्युत प्राधिकरण दुहबी शाखाका प्रमुख खड्काले भारतको कटौयाबाट आईरहेको ११५ मेघावाट बिद्युत अहिले ८० मेघावाट मात्रै रहेको बताएका छन् । यसैका कारण पूर्वका उद्योगमा बिद्युत आपूर्ति हुन नसकिरहेको खड्काको भनाई छ । कटैया प्रशारण लाइनमा समस्या भएपछि ढल्केबर–मिर्चेया प्रशारण लाइनबाट २०० मेगावाट बिद्युत पूर्व आईरहेको छ । यसैबाट लाहानले ३०, मिर्चैया ३० र रुपनी २५ मेगावाट खपत हुने गरेको छ । कोसी पूर्व ११५ मेगावाट बिद्युत आउने गरेकोमा अहिले घटेको छ । त्यसमा पनि काबेली जलबिद्युत आयोजनाको उत्पादन खस्किएपछि आपूर्ति प्रणालीमा समस्या थपिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्