विराटनगरको अरनीको कलेजद्धारा ५५ जना विद्यार्थीलाई सम्मान

<span class='c1'>विराटनगरको अरनीको कलेजद्धारा ५५</span> <span class='c2'>जना विद्यार्थीलाई सम्मान</span>

विराटनगर । विराटनगर १० मा रहेको अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

४८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

अरनीको कलेजमा अध्ययनरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । यसैगरी बीडीएसमा ३ जना, बीएससी एग्रीकल्चरमा ७ जना, इन्जिनियरिङ्गमा २६ जना, बीपिएचमा ३, बीएससी एमएलटीमा १ जना र बीएससी नर्सिङमा २ जना गरी अरनीको कलेज पढ्ने ४८ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने विद्यार्थीहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य राजेश कार्कीले बताए ।

एमबीबीएसमा नाम निकाल्नेमा निराजन यादव, राजवेन्द्र कुमार रोय, सन्दिप कुमार मण्डल, शंसाक पराजुली, सुनिल कुमार यादव र राजेश कुमार महतो रहेका छन् । उनीहरुलाई जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।

यस्तै बीडिएसमा दिलिप पोखरेल, सजिल चौधरी र रीहा गौतम रहेकी छिन् । त्यसैगरी कलेजमा स्थापना गरिएको कोषबाट ७ जना विद्यार्थीलाई प्रदान गरिएको छ । दीवस थापाद्धार स्थापित सुरेन्द्र थापा र रीता थापा छावृत्तिबाट निर माया तामाङ, विकेक रौनियारलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ ।

यस्तै विभसना किरण रेग्मी, मरिया सिलवाल, पियुष नेपाल र नितेश रौनियारलाई जनही पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको छ । निलहरि भण्डारी छात्रवृत्ति दीक्षा गुरूङलाई प्रदान गरिएको छ ।

सोही अवसमार कलेजको मुखपत्र अरनीको मिमर नामको पत्रिका बिमोचन गरिएको छ ।

उक्त पत्रिकामा स्कुलका गतिविधी र विद्यार्थीको रचनाहरु समावेश गरिएको छ । विद्यार्थीहरुलाई सम्मान कलेजका प्रचार्य राजेश कार्की, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड व्यवस्थापनका प्रदेश निर्देशक युवराज पौडलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्