मानवसेवा आश्रमलाई रकम प्रदान

<span class='c1'>मानवसेवा आश्रमलाई</span> <span class='c2'>रकम प्रदान</span>

विराटनगर । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई बुधबार हस्तान्तरण गरेकी हुन् ।

सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो ।
सो अवसरमा तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने गरेको बताइन् ।

सो आश्रममा हाल ९० जना आश्रित छन् । सडकमा परित्यक्त र वेसहरा जीवन विताइ रहेकाहरुलाई उद्धार गरी आश्रमले उपचार गर्नका साथै उनीहरुको परिवारको खोज गरी पुनर्मिलन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्