विराटनगरको एस.ए.एससहित १५ निर्माण कम्पनी कालोसूचीमा

<span class='c1'>विराटनगरको एस.ए.एससहित १५</span> <span class='c2'>निर्माण कम्पनी कालोसूचीमा</span>

विराटनगर । निर्माण सम्झौता अनुसार सन्तोषजनक काम नगरेको भन्दै सार्वजानिक खरिद अनुगमन कार्यालयले विराटनगरको एस.ए.एस कन्ट्रक्सन प्रालिसहित १५ कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको हो ।

यसमा सबै भन्दा धेरै समय तीनवर्षसम्म शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई कालोसूचीमा राखिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो ।

यसैगरी दीपक सापकोटा मुख्य व्यक्त रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ ।

अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् । कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्