बिराटनगरमा भइ रहेको विकास निर्माणको कामहरु बारे हामी अवगत नै छौ । निकै चर्चामा रहेको मझौला सहर एकीकृत वातावरणीय परियोजना(STIUEIP) सन् २०१४ अक्टुबर महिनामा सुरु गरि सन् २०१६ मै महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न राजनैतिक र प्रसाशनिक ढिला सुस्तीका कारण समय पुरा हुन सकेन । परियोजना अन्तर्गत भइरहेका विकास निर्माणका कार्यहरुले नगरवासीको जनजीवनमा ठुलो उथल पुथल लिएर अाएको छ । अव्यवस्थित योजना र कछुवा गतिमा भइरहेको कार्यहरुले दिनदिने सानातिना दुर्घटना निम्त्याउने गर्दछ । झन् निर्माण कार्य गर्ने बेला प्रयोग हुने बालुवा र माटोहरुको व्यवस्थापन न गरिएकोले आज बिराटनगर सहर कुनै मरभुमी अथवा धुलोको खानिमा परिणत भएको छ, जहाँ हरेक हावाको वेगले घन्टौ सम्म सासै फेर्न नसक्ने वातावरण बनाइदिन्छ । यसले जनमानस, मुख्यगरि बालबालिका तथा बृधहरुमा स्वास प्रस्वास सम्बधित रोगको खतरा बढ्ने खतरा छ । गत महिना +२ का एक बिध्यार्थीले परिक्षा दिन जाने क्रममा खराब बाटोको सिकार भई टेम्पाे पल्टिएर खाल्डोमा परेकाे खबरले सामाजिक संजाल र मिडियामा निकै चर्चा पाएको थियो । न पाओस पनि किन? सोहि महिना एक रास्ट्रीय स्तरको भव्य समारोह आयोजना गरि नगरपालिकाले बिराटनगर लाइ नेपालकै पहिलो बाल मैत्री सहर घोषणा गरेको थियो । अनि यहो सब को बीच यस्तो समाचार आउदा चर्चा हुनु अनिवार्य हो । बिडम्बना, योत्यहि सहर हो जहाँ हरेक बिहानी कुनै न कुनै ठाउँमा स्कुल बस खाल्डोमा फसिरहेको हुन्छ । हरेक निर्माण कार्य हुने क्षेत्रमा अनिवार्य रुपले साइन बोर्डले सुचित गर्नु पर्ने प्रावधान हुदा हुदै पनि बिराटनगरमा भने अधिकांश निर्माण क्षेत्रमा बोर्ड हरु देखा पर्दैन, राखिएका हुदैनन् । यसै सन्दर्भमा नागरिक समाजका प्रतिनिधिहरुले सुचनाको हक अनुसार सुचना माग्न उजुरी हाले पछि पनि नगरपालिका र मझौला सहर एकीकृत वातावरणिय परियोजना प्रमुखहरुले एक हप्ता भित्र कार्य गर्ने प्रतिबद्धता गरेपनि कार्यान्वयन पक्ष उदासिन देखियो । अहिले महिना दिन बितिसक्दा पनि कतिपय ठाउमा अझै पनि बोर्ड छैनन्, डरलाग्दा खाल्डा अझै छन् । अब त साना तिना दुर्घटना नै बानी सक्याे स्थानीयहरूका लागि ।
विकासकाे मुल्य जनताले कहिलेसम्म तिर्ने
विभिन्न निकायबाट आलोचना आउँदा पनि ठेकेदार र नगरपालिका पक्ष वर्तमान अवस्थालाई “विकासको मूल्य” भनेर टार्ने गर्दछन । सामाजिक संजाल तथा पत्रपत्रिकामा पनि विभिन्न परिपार्टीले बिकाश निर्माणकोकार्यलाई अगाडी बढाउँदाकेही दुख सहनु पर्ने तर्क अगाडी सार्दछन. तरबारम्बार बिकाशको लागि उही मूल्य फेरी फेरी तिर्न कतिको उचित होला? त्यो पनि त्यस्ता दुख जुन प्रभावकारी योजना तथा समन्वय मार्फत छिमेकी देश भारतले सजिलै हल गरि सकेको छ।तर विराटनगरमा सर्वसाधारणहरूले हरेक विकाश निर्माण परियोजनाको अस्त व्यस्त र फितलो योजना र अपुराे कार्यान्वयनको कारणले सधैँ सास्ती बेहोर्नु परेको छ ।
उदाहरणको लागि विराटनगर चक्रपथ २ दसकदेखिअझै निर्माणाधीन र पटक पटकका सडक बिस्तार योजनाहरूलाई लिन सकिन्छ । तर सायद नगरपालिकाका कर्मचारीहरूले अहिलेसम्म पनि पुराना गल्ति हरु बाट निकै कम सिख लिएको देखिन्छ । यसको प्रमुख कारण सायद कर्मचारीहरुको बेइमानी हुन सक्छ ।
एडिबिकाे सहयाेग भनेर गलत प्रचार गरिएकाे भए पनि जनताले फिर्ता गर्नु पर्ने ऋणबाट भइरहेकाे अहिलेकाे परियाेजना विकास निर्माणकाे कार्य हैन वातावरण सुधार गर्ने भनेर ल्याएकाे परियाेजना हाे तर त्यसैकाे संचालन गर्दा वातावरण बिगार्नु र जनताकाे जिउधनलाइ जाेखिममा पार्नु कतिकाे सहि हाे ?
प्रतिवेदनमा झुट नै झुट
योजनाको प्रगति प्रतिवेदनमा दाता संस्थानलाई खुसि पार्न संबन्धित निकायकाहरुले झुटो तथ्य पेश गर्ने प्रवृत्तिले हामीलाई त्यहि गल्ति बारम्बार दोहाेर्याउन बाध्य बनेको छ । नेपालका अधिकांस परियोजना कागजमा एकथरि र वास्तविकतामा केहि अर्कै देखिने कुरा कुनै नौलो हैन । यो स्थितिका कारक राजनैतिक वातावरण जस्तै अरु धेरै हुन सक्छन । प्रगति प्रतिवेदन एक अत्यन्त संवेदनशील दस्तावेज र यसमा धेरै कुरा निर्भर रहन्छन । तर यदि मझौला सहर एकीकृत वातावारनिया परियोजनाको प्रगति प्रतिवेदन (progress report) को सन् २०१६ को अप्रिल महिनाको संस्करणको पृष्ट संख्या १७ मा हेर्ने हो भने कुन हद सम्म झुट नगरपालिकाले अपनाउन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यस पानामा प्रिकास्ट कंक्रिट (Pre-cast concrete) ले कामलाइ कति सहज बनायो भन्ने बारेमा लेखिएको छ तर सोहि कुरा प्रमाण गर्न झुटा बिस्लेशन गरिएको छ । जस्तै प्रतिवेदनमा बजार र ट्राफिक चाप हुन सक्ने क्षेत्रमा कुशल र प्रभावकारी उपाय अपनाएर ट्राफिक व्यवस्थापनमा कुनै समस्या नअाएकाे लेखिएको छ । तर वास्तविकता भने अर्कै छ । बिगत केहि महिना देखि बिराटनगर सहरमा बसोबास गर्दै आएको बासिन्दाले यो कुरामा कति सत्यता छ र ट्राफिक समस्या देखिएकाे छ कि छैन भन्ने अाँफै जान्दछन् । अझै, प्रतिवेदनमा हालको निर्माण कार्यले सर्वसाधारणहरुलाई तथा चालकहरुलाई न्युन बाधा पुर्याउदै निर्माण कार्य गरेको दाबि गरेको छ । र निर्माण कार्य पर्यावरण मैत्री रहेको पनि उल्लेख गरेको पाइन्छ । यसकाे अर्थ अहिलेकाे निर्माण कार्यले वातावरण र मानिसकाे स्वास्थ्यमा कुनै असर पुर्याएकाे छैन भन्नु हुन्छ । तपाइ अाँफै भन्नुहाेस यसाे लेख्नुमा कुनै सत्यता छ ? यस्ता अभिव्यक्ति अप्रिल महिनाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ, जुन महिना सर्वसाधारण र चालकले सबै भन्दा बढि पिडा खप्नु परेको थियो । बिराटगरको सय वर्षको इतिहासमा पहिलो पल्ट विकराल ट्राफिक जामहरु नगरवासीको दैनिकी बन्न पुग्यो । हावाको गुणस्तर खस्किनुको साथै आखा र स्वासप्रस्वासको समस्याले बिरामी अस्पताल भरिन थाले । घन्टौ सम्म निर्माण क्षेत्र वरिपरि धुलोको मुस्लो ओएरेको देखिन्थ्यो । तर यो सबै भए पश्चात संबन्धित निकायका कर्मचारीहरुले पर्यावरण मैत्री र प्रभावकारी जस्ता सब्द प्रयोग गर्नु निन्दनीय हो । जनताकाे स्वास्थ्य र सम्पति माथिकाे खेलबाड हाे । जब कि यथार्थमा मानिसहरु आफ्नो दैनिकिमा खाल्दा खुल्डी र धुलोहरुको व्यर्थको कष्ट झेल्न बाध्य छन् । यस्तो संवेदनशील दस्तावेजमा असत्यता छरेर भोलिका दिनमा बिराटनगर र यहाका नागरिक मात्रै न भएर समग्र विश्व नै यसको परिणाम निकै गहिरो र महँगो हुन सक्ने खतरा पनि छ । यस प्रतिवेदनलाइ दाता संस्थान हरुले भविस्यमा कुनै अरु मुलुकमा नि लागु गर्न सक्छन र त्यहाका वासिन्दाले नि आउने दिन हरुमा यहि दुर्गति भोग्नु पर्ने हुन सक्छ । यस्तो प्रतिवेदनहरु मार्फत हामीले बिस्वमा नराम्रो उदाहरण पेश गरिराखेका हुन सक्छौ। दुर्भाग्यवस, हामि नागरिक हरुले यस बारे निकै कम गर्न सक्छौ । तर केहि न भएपनि एउटा जिम्मेवार नागरिक भएर यस्ता प्रतिवेदनहरु प्रति अलिकति अझै ध्यान पुर्याएर संबन्धित निकाय र नागरिहरुलाई यी मुद्दा हरूबारे चेतना बदायौ भने सायद यस्ता कार्य हरु गर्नेलाइ निरुत्साहित पार्न नि सक्छौ ।
[caption id="attachment_21974" align="alignleft" width="150"] लेखक: सर्वज्ञराज पाण्डे[/caption]