विराटनगर । बुधबार राती मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टरलाई प्रहरीले भाग्दै गर्दा नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउपालीका वडा नम्बर ६ कोरिया चौक स्थित नहरमा गएराती तिव्र गतिमा रहेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टर चालक सहित ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
को ८ प ७७८२ नम्बार पल्सर मोटरसाईकलमा सवार विराटनगर ३ निवासी बिगत चौधरी र अन्जु चौधरी घाईते भएका थिए । को २ त ६३७९ नम्बरको ट्क्याटरले विपरित दिशाबाट आउदै गरेको मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुवैजना घाईते भएका थिए ।
घाईते दुवैलाई दुहबीमा रहेको जिवन ज्योती अस्पतालमा उपचारको लागी लगिएको थियो । मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका सुनबर्सी नगरपालीका ६ का २३ बर्षिय निसान्त गुरुङलाई ईलाका प्रहरी नेमुवाले ट्याक्टर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।