आइपिएल : कोलकातालाई हराउँदै शीर्ष स्थानमा उक्लियो चेन्नाई

<span class='c1'>आइपिएल : कोलकातालाई हराउँदै</span> <span class='c2'>शीर्ष स्थानमा उक्लियो चेन्नाई</span>

कोलकाता नाइट राइडर्सविरुद्ध ४९ रनको जित निकाल्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति कोलकाताको मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा चेन्नाईले २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा घरेलु टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८६ रन मात्र जोड्न सक्यो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नाईले २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो ।

चेन्नाईबाट विस्फोटक ब्याटिङ गरेका अजिक्या राहाणेले २९ बलमा ६ चौका र पाँच छक्कासहित ७१ रन बनाए । डेभिड कोन्वेले ४० बलमा चार चौका र तीन छक्कासहित ५६ रन जोडे । शिवम दुवेले २१ बलमा दुई चौका र पाँच छक्कासहित ५० रनको योगदान गरे । रितुराज गाइकवाडले ३५ र रवीन्द्र जडेजाले १८ रन बनाए ।

कोलकाताका कुलवान्त खेज्रोलियाले दुई विकेट लिए । वरुण चक्रवर्ती र सुयस शर्माले समान एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा कोलकाताका जासन रोयले ६१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । रिन्कु सिंहले ५३ रन थप्दा कप्तान नितिश राणाले २७ र वेन्कटेस ऐयरले २० रन जोडे ।

चेन्नाईका तुसार देशपान्डे र महिश थिक्षणाले समान दुई विकेट लिए । आकाश सिंह, मोइन अली, रवीन्द्र जडेजा र मथिस पथिरानाले एक/एक विकेट लिए ।

जितसँगै सात खेलबाट १० अंक जोडेको चेन्नाई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट चार अंकको कोलकाता आठौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्