विराटनगरको कन्चनबारी चोकमा आज बिहानै दुर्घटना, एकजनाको मृत्यु

<span class='c1'>विराटनगरको कन्चनबारी चोकमा आज</span> <span class='c2'>बिहानै दुर्घटना, एकजनाको मृत्यु</span>

विराटनगरको कन्चनबारी चोकमा मालवाहक ट्रकको ठक्करबाट आज बिहान एक पैदलयात्रीको मृत्यु भएको छ ।

विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो ।  प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्