विराटनगरको सांस्थम कलेजका ईद मुबारकको रौनक

<span class='c1'>विराटनगरको सांस्थम कलेजका</span> <span class='c2'>ईद मुबारकको रौनक</span>

विराटनगर । विराटनगर–१४ मलाय रोडमा रहेको साउथ एशियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ’सांस्थम’ कलेजले पढाईका अलवा विभिन्न उपलब्धी मुलुक कार्यक्रम गर्दै आएको छ ।

यसैबीच सांस्थम कलेजले मंगलबार ‘ईद मुबारक’ कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । क्याम्पस परिसरमा ’ईद मुबारक’ थीममा होटल म्यानेजमेन्ट तर्फका स्नातक छैठौ सेमेष्टरका विद्यार्थीले रवारण कार्यक्रमको गरेका थिए ।

मुस्लिम समूदायको आकर्षक पहिरनमा सजिएका विद्यार्थीहरुले आउने आगन्तुक पाहुनाहरुलाई स्वागत गर्दै मुस्लिम समुदायको मिस्ठान्न भोजन ग्रहण गराएका थिए । विद्यार्थीलाई पढाईका अतिरिक्त व्यावहारिक ज्ञान दिने उद्देश्यका कलेजले बेलाबेलामा विभिन्न थीममा होटल व्यवस्थापनसंग सम्बन्धित कार्यक्रम गर्दै आएको सांस्थमका प्रशासन प्रमुख राजेश गुरुङले जानकारी दिए।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न समुदायको बारेमा आवश्यक ज्ञान, तिनका व्यवहार, व्यज्जन र परिकार, भेषभूषाको नजिकबाट विद्यार्थीलाई दक्षता हासिल गराउन सास्थमले विभिन्न थीममा आधारित रहेर प्रयोगात्मक कक्षा संचालन गर्दै आएको कलेजका प्रिन्सीपल देवराज श्रेष्ठले जानकारी दिए ।

होटल व्यवस्थापन विधामा स्नातकका विद्यार्थी अध्ययन पुरागरी देशविदेशका ५ तारे तारे होटलमा रोजगारीका लागि जाने भएकोले अहिलेदेखि नै कुकरी, हाउस किपित, फूड एण्ड बेज लगायतका क्षेत्रको ज्ञान दिई व्यक्तित्व विकास र अन्य प्राविधिक धारको जानकारी प्रधान गर्दै दक्ष बनाउने गरिएको होटल मेनेजमेन्टका विभागिय प्रमुख महेश्वरप्रसाद सिंहले बताए ।

पार्श्वमा अरेविक घुनले माहोललाई झनै उल्लासमय बनाएको कार्यक्रममा विराटनगरका विभिन्न कलेजका संचालक तथा प्रिन्सीपलहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्