झापामा अध्यक्ष ओलीको कार्यक्रमस्थल बाहिर प्रहरी र पहिचानवादीबीच झडप

<span class='c1'>झापामा अध्यक्ष ओलीको कार्यक्रमस्थल बाहिर</span> <span class='c2'>प्रहरी र पहिचानवादीबीच झडप</span>

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिचानवादीले बाटो छेकेका छन् । अध्यक्ष ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशीप्रति असहमति राख्दै आएको समूहबीच झडप समेत भएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर टाढा रोक्ने क्रममा दुईतर्फी झडप भएको छ । उनीहरुले प्रहरीलाई ढुंगामुढा गरेका थिए भने प्रहरीले लाठी चार्ज गरेको थियो ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्