विराटनगर महानगरका मेयर कोइरालाद्वारा शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन

<span class='c1'>विराटनगर महानगरका मेयर कोइरालाद्वारा शाखा</span> <span class='c2'>र महाशाखाहरूको आकस्मिक अनुगमन</span>

विराटनगर । विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेदेखि नै आन्तरिक सुशासनलाई प्रमुख प्राथमिकतामा राख्दै आउनु भएका मेयर नागेश कोइरालाले विभिन्न शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन गर्नु भएको छ ।

आन्तरिक सुशासन कायम नगरेसम्म जनताका गुनासो सम्बोधन गर्न नसकिने धारणा राख्दै आउनु भएका मेयर कोइरालाले बुधबार आकस्मिक अनुगमन गर्नु भएको हो । मेयर कोइरालाले महानगरको आर्थिक प्रशासन, राजस्व, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई, कानुन, सूचना, सहकारीलगायतका शाखा र महाशाखाको अनुगमन गर्नुभयो । सो क्रममा उहाँले कार्यालयमा कर्मचारीको उपस्थितिको अवस्था, सेवाग्राहीका समस्यालगायतका विषयमा जानकारी लिएको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले बताउनुभयो । नवोदितका अनुसार मेयर कोइरालाले कर्मचारीका समस्याका बारेमा पनि जानकारी लिनु भएको थियो ।

उहाँले गुनासो नआउने गरी जनताको सेवामा समर्पित हुन कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । मेयर कोइरालाले बेला-बेला शाखा र महाशाखाहरूको अनुगमन गर्दै आउनु भएको छ । अनुगमनका क्रममा एउटै कर्मचारी पटकपटक कार्यकक्षमा अनुपस्थित भेटिए कारबाही गरिने मेयर कोइरालाले प्रस्ट पार्नुभयो ।

बुधबारको अनुगमनका क्रममा केही कर्मचारी विदामा बसेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्