विराट हेल्थकेयर इन्डष्ट्रिजको नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा

<span class='c1'>विराट हेल्थकेयर इन्डष्ट्रिजको नयाँ प्रडक्ट</span> <span class='c2'>‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा</span>

विराटनगर । बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट बजारमा ल्याएको छ ।

५५ करोडको लगानीमा स्थापना भएको इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याएको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट्रिजले ‘ह्वाइट मुन’ नामक सेनिटरी प्याड उत्पादन गरेर बजारमा ल्याएको जानकारी दिएको हो । कोभिड–१९ का बेला स्थापना गरिएको उक्त उद्योगले महिलाले प्रयोग गर्ने सेनिटरी प्याडको उत्पादन सुरु गरेको हो । स्थापना भएको दुई वर्षपछि विराट हेल्थ केयर इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको छ । उच्च गुणस्तरको सेनिटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताइन् । ‘स्वास्थ्यको लागि विश्व दिवस’ अवसर पारेर सेनिटरी प्याड बजारमा ल्याएको उनले बताइन् ।

‘हामीले उत्पादन गरेको यो सेनिटरी प्याड महिलाहरुको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएकोले यो कार्यक्रमका लागि आजकै दिनलाई उपयुक्त मानेका छौं,’ उनले भनिन्, ‘काममा सुरक्षा र स्वास्थ्यको हिसाबले हेर्ने हो भने महिलाहरु अझै पनि जोखिममा रहेको अवस्था छ । प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनावारीले महिलाको स्वास्थ्यलाई जोडेको छ । त्यसैले विराट हेल्थ केयर इन्डष्ट्रिजले विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेनिटरी प्याड उत्पादन सुरु गरेको छ ।’


थापाले आफूहरुले उत्पादन गर्ने सेनिटरी प्याड ‘हवाइट मुन’को मुख्य उद्देश्य भनेको आयातीत सेनिटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रुपमा उपलब्ध गराउनु रहेको बताइन् ।

चीनबाट ल्याएको आधुनिक उपकरणबाट दैनिक तीनदेखि चार लाख सेनिटरी प्याड उत्पादन गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ ।
तर, अहिले फुल फेजमा संचालनमा नआएको कम्पनीले जनाएको छ ।

कम्पनीले सेनिटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनावारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउन पनि काम गर्ने ब्राण्ड म्यानेजर थापाले बताइन् । ‘महिलाको उद्देश्य, लक्ष्य र सफलतालाई महिनावारीले छेक्नु हुँदैन् र छेक्दैन भन्ने कुरामा विश्वस्त पार्ने पार्न हामी काम गर्छौ,’ उनले भनिन्, ‘त्यसैले सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी भन्ने हाम्रो यो अभियानमा यहाँहरुको पनि साथ रहनेछ भन्ने विश्वास राखेका छौं ।’
चार विगाहा क्षेत्रफल रहेको उक्त उद्योगमा करिब २ सय जनाले रोजगारी पाएका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेको कम्पनीले जनाएको छन्।

५५ करोड लगानीमा स्थापना भएको विराट हेल्थ केयरले अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । उद्योगले सेनिटरी प्याड, मास्क, अल्ट्रासाउण्ड जेली, सुकभरलगायतका ९ प्रकार स्वास्थ्यसँग सम्बन्धि सामाग्रीहरु उत्पादन गर्दै आएको प्रबन्धक निर्देशक छत्रबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्