कलेज अफ लमा नयाँ विद्यार्थीको स्वागत

<span class='c1'>कलेज अफ लमा</span> <span class='c2'>नयाँ विद्यार्थीको स्वागत</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् । द्वीतिय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, गजल, कविता, नृत्य, क्यारिकेचर, फेसन शो प्रस्तुत गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख तथा निर्देशक महेश प्रसाद निरौला, शिक्षकहरू रूपेश कोइराला, दिपेश बाँस्तोला लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । अनुशासित भएर शिक्षा आर्जन गर्न आग्रह गर्दै उनीहरूले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरे ।

पहिलो वर्षको कक्षा शुरू हुने बित्तिकै द्वीतिय वर्षको परीक्षा शुरू भएको, परीक्षा लगत्तै केही समय क्याम्पस बिदा भएका कारण स्वागत कार्यक्रम केही ढिलाई भएको द्वीतिय वर्षका विद्यार्थीको स्पष्टोक्ती छ । कलेज अफ लले पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबीको अध्यापन गर्दै आएको छ । बीए एलएलबी अध्ययनका लागि मेचीदेखि महाकालीसम्मका विद्यार्थी आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्