अश्लील भिडियो बनाएर ६ बर्षदेखी जबरजस्ती करणी गर्ने विराटनगरका एक युवा पक्राउ

<span class='c1'>अश्लील भिडियो बनाएर ६ बर्षदेखी जबरजस्ती</span> <span class='c2'>करणी गर्ने विराटनगरका एक युवा पक्राउ</span>

विराटनगर । लामोसमयदेखी अश्लील भिडियो बनाएर ब्लाकमेल गर्दै बलात्कार गर्ने एक युवा विराटनगरबाट पक्राउ परेका छन् ।

दुहवी नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बस्दै आएकी किशोरीको अश्लील भिडियो बनाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगर–६ का ३० बर्सिया मो. रिजवान अन्सारी पक्राउ परेका हुन् । पक्राउ परेका अन्सारी व्यवसायी पनि हुन् । उनको विराटनगरमा चस्मा पसल रहेको छ । अन्सारीले विराटनगरकी एक जना किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएपछि उक्त भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने डर त्रास देखाउँदै बलात्कार गरेको आरोप छ ।

ब्लाकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ ।
बलात्कारको शिकारमा परेकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ बसी गर्भपतन गराएको समेत खुलेको छ ।

प्रहरीको अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए ।

प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्