अनुमा श्रेष्ठ मृत्यु प्रकरण :विराटनगरको कोशी अस्पतालका डा ढकाल बिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

<span class='c1'>अनुमा श्रेष्ठ मृत्यु प्रकरण :विराटनगरको कोशी अस्पतालका</span> <span class='c2'>डा ढकाल बिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी</span>

काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स अर्का डाक्टरको घरमा मृत फेला परेकी छन्। उनि डाक्टर सुजन ढकालको घरमा उनको शव भेटिएको हो। उनी वीर अस्पतालमा कार्यरत भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरू एक-अर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । डा. ढकाल कोशी अस्पताल विराटनगरमा कार्यरत रहेका छन् ।

यता, नर्स श्रेष्ठको परिवारले डाक्टर सुजन ढकालविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी परेको छ ।

प्रहरी वृत्त, बालाजु पुगेर डा. ढकाल र उनका बाबुविरुद्ध परिवारले जोहरी दर्ता गराएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरले बताए ।

प्रहरी अधिकृतहरुका अनुसार नोटमा विवाह नभएको विषय उल्लेख गरिएको छ । पारिवारिक स्रोतका अनुसार डा. ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय श्रेष्ठले विवाह गर्न पटकपटक भन्दा ढकालले नमान्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्