विराटनगर । विराटनगरमा भारतको टिम सहित खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरको शहिद रङ्गशालाको कभड हलमा हुने भएको छ ।
विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भारतका कलकत्ता, दार्जेलिङ्ग र खर्साङको सहभागी हुने विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ जनाइएको छ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको पनि सहभागी हुनेछन् ।
पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहनेछ । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।