श्रमिक दिवश विशेष : श्रमिकको सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्नुपर्छ

<span class='c1'>श्रमिक दिवश विशेष : श्रमिकको</span> <span class='c2'>सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्नुपर्छ</span>

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् ।

उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् । जिफन्ट कोशी प्रदेशले विराटनगरमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार आयोजना गरेको कार्यक्रममा सहभागिहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले वित्तीय पहुँच पनि बढाउने भएकोले यसलाई कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताए ।

 

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकको जीवनस्तरलाई गुणस्तरयुक्त बनाउन सहयोग पुग्ने भएकाले कार्यन्वयन पक्षलाई अगाडी बढाएर लैजानुपर्ने उनीहरुको भनाई छ ।  कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले योगदानमा आधरित सुरक्षा सामाजिक सुरक्षामा आवद्ध गराउन दबाव सृजना गरेको बताए । हरेक क्षेत्रमा काम गर्ने श्रमिकहरू योगदानमा आधरित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सचेतना अभियान सँगै दवाव मुलक कार्यक्रमहरु पनि गर्दै आएको उनले सुनाए ।


‘कोशी प्रदेशमा रहेका स्थानीय तहहरुमा कार्यविधी बनाएर पेश गरिएको छ । ज्ञापन पत्र बुझाएको छ । कानुनले दिएको अधिकार प्रयोग गरी योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू गर्न हामीले औद्योगिक प्रतिष्ठानदेखि स्थानीय तहहरुमा पनि दबाव दिदै आएका छौं,’ अध्यक्ष धमालले भने, ‘हामीले रोजगारीमा आवद्ध भएकाहरुको अभिलेख राख्न पनि स्थानीय तहहरुलाई भन्दै आएका छौं ।’अरुको समाचार लेख्ने पत्रकारहरु पनि श्रमजिवी भएका कारण पत्रकारहरुले पनि योगदानमा आधरित सामाजिक सुरक्षा कोषमा आवद्धता हुनुपर्ने धमलाले जोड दिए ।


कार्यक्रममा पेशागत महासंघ मोरङका अध्यक्ष ओम सुेवदी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, जिफन्ट युवा कमिटि कोशी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बा लगायतले योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढनुपर्नेमा बताए । श्रमको उचित सम्मान र मुल्याङकन समेत गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्