विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ईटहरी उपमहानगरपालिका-३ का २२ बर्षीय नमेश राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल