काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ।
६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको अमेरिकी प्रशासनले जनाएको छ।
डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।
कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न अमेरिकन दूतावासले आग्रह समेत गरेको छ।