विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनुपर्ने बताएका छन् ।
पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट राजस्व योगदान कम रहेको उनको भनाई थियो । प्रदेश भित्रका धेरै सामुदायिक बनहरुले राजस्वमा योगदान पु¥याई रहेको चर्चा गर्दै त्यस्ता सामुदायिक बनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने उनले बताए ।
सरकार एक्लै जाँदा सफल नभएको बताउदै उनले बनलाई पर्यटनसँग जोडेर लैजादा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको बताए ।
खुल्ला चिडिया खानाको अवधारण बारे बन मन्त्रालयले गरिरहेको अध्ययन आगमी आर्थिक वर्ष २०८०-०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्नेमा उनले जोड दिए ।