विराटनगरमा राष्ट्रिय क्रिकेट टिमलाई नगरपरिक्रमा (तस्बिरसहित)

<span class='c1'>विराटनगरमा राष्ट्रिय क्रिकेट</span> <span class='c2'>टिमलाई नगरपरिक्रमा (तस्बिरसहित)</span>

विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मानसहित नगरपरिक्रमा गराइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका परिक्रमा गराईएको हो ।

राष्ट्रिय क्रिकेट टिमलाई सम्मानसहित विराटनगर परिक्रमा गराउनका लागि विराटनगर विमानस्थलमा समर्थकको भिड लागेको थियो। विमानस्थलबाट नगर परिक्रमा सुरू गरिएको हो।


कोच मोन्टी देसाई, कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, लोकलब्वाइ ललितसहितका खेलाडीहरू सहभागी छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरूको सम्मान गरेका हुन्। आज साँझ विराटनगरमा रात्रिभोजसहित खेलाडीको सम्मानमा कार्यक्र गर्ने संगठनले जनाएको छ ।

उनीहरुलाई विराटनगर कन्चनबारीबाट बरगाछी–तीनपैनी–रोडशेष–महेन्द्रचौक हुदै पुन : बरगाछीमा ल्याएर नगरपरिक्रम सम्पन्न गरिएको हो। लिग २ का १२ मध्ये ११ खेल जितेर जिम्बावे यात्रा निश्चित गरेको नेपालले त्यहाँ विश्वकप छनोट खेल्नेछ। वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईले छनोट खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्