प्रदेशको राजधानी विराटनगरमा छैनन् प्रशस्त शौचालय

<span class='c1'>प्रदेशको राजधानी विराटनगरमा</span> <span class='c2'>छैनन् प्रशस्त शौचालय</span>

सुजता लिम्बु
विराटनगर । औद्योगिक, व्यापारिक साथै राजनैतिक विरासत बोकेको विराटनगर कोशी प्रदेशको राजधानी समेत हो । भारतीय सिमा नाका जोगबनीसँग जोडिएको विराटनगर महानगरपालिका व्यवसायिक हिसाबसँगै शिक्षा र स्वास्थ्यको हवको रुपमा पनि लिइन्छ । भारतबाट आउनेहरुको संख्या पनि दैनिक उतिकै हुन्छ ।

तर, यहाँ सार्वजानिक शौचालयको संख्या भने आवश्यक अनुसार छैनन् । बालबालिका र महिलामैत्री शौचालय भनेर यकिन गरिएको त कुनैपनि छैन । आम सर्वसाधरणलाई शौचालय सास्ती महानगरपालिकामा छ । त्यसमा पनि महिलाका विशेष खाले परिस्थितिका असुविधा खेपी नसक्नु छन् ।
विराटनगर महानगरपालिका भित्र हाल ८ वटा सार्वजनिक शौचालय छन् तर सर्वसाधरणले झट्टै देख्न सक्ने अवस्थामा छैनन् । भएका शौचालय पनि सरसफाइ, व्यवस्थित छैन भने महिलामैत्री र अपाङ्तामैत्री शौचालय पनि सिमित छन् । जसले गर्दा महिला एवम् अपाङ्गता भएकाहरुले असहज व्योहोर्दै आइरहेको गुनासोहरु आउने गर्दछन् ।

यस्तो छ गुनासो
बुढीगंगा गाँउपालिका– १ का अभिषेक फुँयाल विराटनगर किनमेलका लागि आउँदा सार्वजनिक शौचालय कहाँ छ भन्ने थाहा नहुँदा निक्कै सास्ती बेहोर्नु परेको बताउछन् ।
उनले प्रदेशको राजधानी विराटनगर महानगरपालिका भित्रै शौचालय अभाव हुनु त्यसमा पनि भएका शौचालय अव्यवस्थित हुँदा प्रयोग गर्नु नै असहज हुने गरेको बताए ।
‘सार्वजनिक शौचालय त छ भन्छ तर कहाँ छ थाहा छैन, ट्राफिक चौकमा एक ठाँउ देखे त्यो पनि फोहोर रहेछ प्रयोग गरिन,’उनले भने,‘ असहज भएपछि भाटभाटेनी या सेन्ट्रल महलको शौचालय प्रयोग गर्न बाध्य बनेको छु ।’
यता, विराटनगर–२ की हेमा राईले हाटखोला चोकको सार्वजनिक शौचालय बाहेक अन्त महिलामैत्री नभएको बताइन् । त्यसमा पनि सरसफाइ र अव्यवस्थित भएकाले सार्वजनिक शौचालय प्रयोग गर्नु असहज हुने हुँदा कार्यलय या आफ्नै घर पुग्ने गरेको उनले सुनाइन् । यता, कोशी प्रदेशका पूर्व सांसद सुर्यमाराज राईले विराटनगर महानगरपालिकामा शैचालय अभावको विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले महानगरपालिकाले यथाशिघ्र निश्चित क्षेत्रमा १० देखि १५ वटा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । बाहिरबाट आएका सेवाग्राहीलाई दिसापिसाबका लागि पर्ने अप्ठयारोले विराटनगर एक किसिमले लज्जित हुनुपर्ने परिस्थिति रहेको बताउँदै उनले समग्र विराटनगरको सौन्दर्य र अहमलाई धुलिसात गरेको बताए ।
उनले लेखेका छन्,‘विराटनगर ब्यूँझियोस् र आफूलाई यो लज्जाबाट बाहिर निस्किन तत्पर होस् ,मेरो शुभेच्छा छ ।’
महानगरले यस्ता दिनदैनिकी, मानवीय आवश्यकता, सामाजिक दुष्प्रभाव, सभ्यता विरोधी कार्यहरुबाट जोगिनुपर्छ । उनले भने,‘ भ्युटावर, फ्लाइङ ब्रीज, सपिङ सेन्टरहरुमा महानगर दौडिरहेको छ ।’ त्यसो त आफ्नै पनि शौचालय कहाँ छ भन्ने पत्ता नहुँदा घर या कार्यलयको शौचालय प्रयोग गर्न बाध्य बनेको उनले अनुभाव सुनाए ।

के भन्छ महानगर ?
यता, विराटनगर महानगरपालिकाका सरसफाई व्यवस्थापन तथा वातावरण शाखा प्रमुख पुनमकुमार दाहालले महानगर भित्र ए–वान–ए–वान सार्वजनिक शौचालय रहेको दाबी गरे । उनले महानगरपालिका भित्र ८ वटा सार्वजनिक शौचालय रहेको बताउँदै पुष्पलाल चोक, विष्णुमाया पस्तकालय, खेलकुद विकास समिति, हस्पिटल, दुर्गा चोक, सि प्लटमाथि हाटखोला, ट्राफिक चोक, हाटखोला चौक लगायतको स्थानमा शौचालय रहेको बताए । उनले शौचालय प्रयोग गर्दा लाग्ने रकम मान्छेले नतिर्ने र खुल्ला क्षेत्र प्रयोग गर्ने गरेको समेत बताए ।

यसका लागि उनले पत्रपत्रिकामा सार्वजनिक शौचालको विषयमा सूचना समेत जारी गरेको दाबी गरे । त्यसो त तत्कालिन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी हुँदै विराटनगर महानगरपालिका भित्र २० वटा सार्बजनिक शौचालय निर्माण गरिने बताएका थिए । त्यो समय महानगरपालिकाले शौचालयका लागि ७५ लाख बजेट विनियोजन समेत गरिएको थियो । तर, ८ वटा शौचालयमा सिमित रहेको महानगरले जोगबनी भन्सार छेउमा तेश्रो लिङ्गीलाई समेत प्रायेग हुनेगरी शौचालय निर्माण गर्ने तयारीमा रहेको दाहालले बताए । उनले गुगल फ्रेन्डली राख्न नसक्दा पनि कमिकम्जोरी भएको स्वीकार गरे । जसको अपडेट असार मसान्त भित्र गुगलबेस बनाउन तयारी रहेको उनले जानकारी दिए ।

इन्टरनेटको पहुँचमा नपुग्नेका लागि सार्वज्निक शौचालय भएको जानकारी गर्ने, कलर जोन हुन आवश्यक रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्