बिराटनगर असार ६ , नेपाल कै पहिलो उद्योग बिराटनगर जुट मिलका अध्यक्ष नीलहरी काफ्लेलाई उद्योग मन्त्रालयले चिठी काटेर काममा रोक लगाएको छ । मन्त्रालयले पठाएको पत्रमा काफ्लेलाई जुट मिलो कुनै पनि काम नगर्न भनेको छ । जुट मिलको काम कार्वाहीमा अनियमितता गरेको तथा मन्त्रालयको निर्देशन पालना नगरेको कारण कार्वाही गरि काम बन्द गरि मन्त्रालयमा हाजिर हुन बोलाएको पत्रमा उल्लेख रहेको छ ।