विराटनगरको एक पसलबाट खरिद गरेको प्रान जुसमा लेदो भेटियो

<span class='c1'>विराटनगरको एक पसलबाट खरिद गरेको</span> <span class='c2'>प्रान जुसमा लेदो भेटियो</span>

विराटनगर । प्रान डेरीले उत्पादन गरेको पोमेग्रान्ट्स प्रान जुसमा अखाद्य वस्तु फेला परेको छ ।

विराटनगर १० का सुवास अधिकारीले घर नजिकै रहेको किराना पसलबाट खरिद गरेको प्रान पोमेग्रान्ट्स जुसमा सेतो लेउ जस्तो वस्तु फेला परेको हो ।
२५० को दरले एउटा प्रान पोमेग्रान्ट्स र अर्को प्रान मिक्स कक्टेल जुुस खरिद गरेका थिए । तर उनले खरिद गरेको मध्ये प्रान पोमेग्रान्ट्स जुसमा भने सेतो लेदो भेटिएपछि तत्काल नियामक निकायलाई खबर गरेका थिए । आफु विरामी भएका कारण बहिनीलाई जुुस ल्याउन आग्रह गरेका थिए । किनेर ल्याएको जुस खाईसकेपछि आफुलाई जुसको स्वाद नै अर्कै भएजस्तो लागेपछि अर्को सिसाको गिलनसमा सारेरे हेर्दा सेतो लेदो भेटिएको अधिकारीले आवर विराटनगरलाई बताए ।

यस विषयमा आफुले सम्बन्धित कम्पनीलाई खबर गरेको तर विराटनगरको डिलरले भने गल्ती स्वीकार गर्नुको सट्टा उल्टै दादागिरीमा धम्की दिएकाे अधिकारीले सुनाए ।यता अधिकारीले खरिद गरेको जुसमा अखाद्य वस्तु भेटिएपछि तत्काल खाद्य प्रविधी विराटनगरलाई खबर गरेका थिए । अधिकारीले खबर गर्न गर्नसाथ खाद्य प्रविधी, महानगरपािलकाको खाद्य अनुसन्धानको टोली र जिल्ला प्रशासन कार्यलय लगायतको टोलीले खरिद गरिएको पसलमा पुगेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा जुसको डब्बाबाट जुस सारेर हेर्दा पुन:सेतो लेउ जस्तो वस्तु फेला पारेको थियो । अखाद्य वस्तु भेटिएपछि तत्काल उक्त जुसलाई जफत गरी खाद्य प्रविधीमा ल्याव टेष्टका लागी लगिएको छ ।

स्थानीय उपभोक्ताले अखाद्य वस्तु भेटिएको बारे जानकारी गराउन साथ आफुहरुको टोली तत्काल पसलमा पुगेर हेर्दा जुसमा लेदो भेटिएको खाद्य प्रविधी विराटनगरका खाद्य निरीक्षक सिजन जोशीले जानकारी दिए । जुसमा भेटिएको लेदो खाद्य प्रविधीमा लगेर ल्याव चेकजाँच गछौँ जोशीले भने, ‘कैफियत भेटिए खाद्य ऐन अन्तगर्त कारबाही हुनेछ ।’

विराटनगरमा पुप्पलाल चौकमा रहेको कसिस सप्लायर्सले यसको बजारमा सप्लार्यस गर्दैआएको छ । लेदो भेटिएको जुसमा माईक्रो लिकेज भएर यस्तो समस्या देखिएको हुन सक्ने कसिस सप्लार्यसले जनाएको छ । साथै यसबारे थप माथिल्लो निकायमा जानकारी गराईसकेको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्