विराटनगर, असार ६ । बिराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारीमा आइतबारदेखि ब्लड बैंकको युनिट स्थापना भएको छ ।
आइतबार एक कार्यक्रमका बीच प्रमूख जिल्ला अधिकारी तोयम रायाले उद्घाटन गरि सन्चालनमा आएको हो । आकस्मिक दुर्घटना तथा भैपरीआउने जुनसुकै शल्यक्रिया गर्दा तत्काल रगत उपलब्ध हुन नसके बिरामी मृत्यु हुनसक्ने भएकाले रगतको सहज पहुँचका लागि ब्लड बैंकको युनिट सञ्चालन आएको हो । उक्त युनिटको स्थापना नेपाल रेडक्रस सोसाइटी मोरङ्ग शाखासँगको समझदारी गरीएको हो ।
उदघाटनमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमूख भानु याङ्गदेन, नेपाल रेडक्रस सोसाईटी, मोरङ्गका सभापति सुबोध कुमार सिंह, टंकीसिनुवारी गा.वि.स.का समाजसेवी ईश्वर कोइरालाले ब्लड बैक स्थापनाले सवैलाई सहज हुने चर्चा गरे । उद्घाटनका क्रममा रक्तदान कार्यक्रम समेत गरिएको छ । रक्तदान कार्यक्रबाट ५३ पिन्ट ब्लड संकलन भएको छ ।