भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु

<span class='c1'>भ्रष्टाचार विरुद्धको अभियान</span> <span class='c2'>विराटनगरमा पनि सुरु</span>

विराटनगर । भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु भएको छ ।

नागरिक समाजका अगुवाहरूको सहभागितामा बिहीबारदेखि अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकबाट सुरु भएको सो अभियान अनिश्चितकाल रहने अभियानमा सहभागि रहेका पूर्व सांसद सूयर्माराज राईले जानकारी दिए ।

उनका अनुसार नागरिक समाजका अगुवाहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई शान्तिपूणर् रूपमा अघि सारिएको बताएका छन् । भुटानी शरणार्थीको नाममा भएका भ्रष्टाचारसँगै भष्टाचारका अन्य विषयलाई पनि छानबिन हुनु पर्ने माग उनीहरूको रहेको छ ।

उनले भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । बृहत् नागरिक अभियानकोे आन्दोलन हरेक दिन साँझ ५ बजेदेखि १ घण्टासम्म प्लेकार्ड सहित भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने माग सहित ट्राफिक चोकमा जम्मा हुने राईले बताए । अभियानमा संचारकर्मी, बुद्धिजीवी लगायतको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्