नेउवा महासंघ कोशीमा नौजना मनोनित

<span class='c1'>नेउवा महासंघ कोशीमा</span> <span class='c2'>नौजना मनोनित</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा दुईजनालाई कार्यसमिति सदस्य र सातजनालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतसहित कार्यसमितिको पदास्थापन कार्यक्रमको अवसर पारेर आइतबार उनीहरुलाई मनोनित गरिएको हो ।

महासंघका अध्यक्ष राउतले विधान अनुसार सरु केसी र देवकीनन्दन अग्रवालले कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । यसैगरी यामबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, मनोजबिक्रम शाह, विजय श्रेष्ठ, बिनोद बस्नेत र रामबिनोद रायलाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको गत चैत ९ गते सम्पन्न साधारणसभाले राउतलाई अध्यक्षमा, भीम पौडेल र कुमारमणी पोखरेललाई उपाध्यक्ष र सुवास आचार्यलाई कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्