सुजता लिम्बु
विराटनगर । मन्द हावा, रापिलो घाम विराट–बर्जु हाफ म्याराथनमा सहभागि खेलाडीलाई विराटनगरको मौसमले खुब साथ दिएको थियो ।
आज (शनिबार) कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित हाफ म्याराथन प्रतियोगितामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना साथै सर्वसाधरणले सहभागिता जनाएका थिए । सधैं जस्तो हुँदो हो त बिहानदेखि लाग्ने घाम र सडकको तातो रापले दौडिनु त कुरै छोडौँ सवारीमा हिँड्न समेत सकस हुन्थ्यो । तर केही दिनदेखि विहानको शित्तल वातावरणले पनि होला खेलाडीहरुलाई मौसमले झनै होसौला बढाइरहेको जस्तो महसुस भएको थियो ।
प्रतियोगितमा पुरुष १०१ जना सहभागि थिए भने महिला तर्फ २९ जनाको सहभागिता रहेको थियो । विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दै प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र रावत प्रथम भए । दोश्रो नेपाली सेनाकै सुशीलकुमार शाही भएभने तेश्रो बैतडीका मोहनदेव जोशी बने ।
यता, महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भइन् । सशस्त्र प्रहरीकी सीमा थारु चौधरी दोश्रो भइन भने नेपाली प्रहरीकी तिर्सना कुमाल तेश्रो बनिन् । विहान करिब ६ः ३० देखि सुरुभएको म्याराथन दौड प्रतियोगितामा भाग दिने सम्पूर्ण खेलाडीमध्ये धेरैको ध्यान दुईजना दिदिबहिनी तर्फ मोडिएको देखिन्थ्यो । खेल सुरु भएदेखि आफूभन्दा ठूला उमेरकालाई उछिन्दै त कहिले पछि पार्दै दौडिएका उनीहरुको कुदाईको रफतारमा कहीँ विश्राम लिने नाम नै लिएको देखिएन । जित्ने हुटहुीसँगै उनीहरुलाई जसरी गन्तव्यसम्म पुग्नु जो थियो । यद्यपि उनीहरुले खेलमा विजय हासिल गर्न त सकेनन् तर हारे र पनि सबैको मन जित्न सफल भए । उनीहरु हुन् भोजपुर रामप्रसाद राई गाँउपालिकाका ११ वर्षिया बिनिता राई र १० वर्षिया जुही राई । खेलको अन्त्यसम्म नै सबैको नजरमा पर्न सफल भएका बिनिता र जुही फूपू र मामाको छोरीहरु हुन् ।
कक्षा ६ मा अध्ययनरत उनीहरु यसअघि पनि जिल्लामा हुने म्याराथन प्रतियोगितमा सहभागिता जनाइसेको उनको दाई प्रशान्त राईले बताए ।
प्रोत्साहान स्वरुप प्रदेश सरकारको तर्फबाट जनही ५-५ हजार पुरस्कार समेत प्राप्त गर्न सफल भएका उनीहरु भोजपुरकी म्याराथन खेलाडी मिरा राईबाट प्ररित भएको सुनाउछन् । आफ्नो दाईको साथमा म्याराथन दौडमा भाग लिन आएको बताउने जुही गाँउघरमा भीरपाखामा दाईहरुले नै तालिम दिने गरेको बताइन् । उनी भन्छिन्,‘मिरा दिदिलाई देखेर हामी पनि कुद्न थालेका हौँ नि, हाम्रो दाजुहरु पनि कुद्नु हुन्छ त ।’
ठूलो भएपछि धाविका बन्ने सपना सझाएका दुई दिदिबहिनी पहाडको कुनाकन्दरामा आफ्ना सपना पछ्याइरहेका छन् । मध्ययम वर्गिय परिवारमा जन्मि हुर्किएका उनीहरु पहाडको खोच, उकालो र ओरालोले नै विराटनगरको समथल शहरको रोडमा कुद्ने अवसर पनि मिलेको उनको प्रशान्तले बहिनीहरु तर्फ देखाउदै सुनाए ।
‘पहाडमा यस्तो कार्यक्रम भएको भए त केही न केही पोजिसनमा आउने थियो, किनकी हामी खोँच, उकालो, ओरालोमा तालिम कुदेर प्राक्टिस गरेका हौँ,’ उनले भने,‘उनीहरुलाई अलिक गाह्रो भयो पिच रोडमा जुत्ता पनि तातिने रहेछ यसले खुट्टा तातिएर पनि गाह्रो भयो ।’आफ्नै व्यक्तिगत खर्चले प्रतियोगितामा सहभागिता जनाउन जिल्लाको विभिन्न स्थानमा पुगको बताउने उनी यस क्षेत्रलाई स्थानीय सरकारले पनि चासो दिए भोजपुरबाट थुप्रै सम्भावना बोकेको म्यासथन खेलाडी उत्पादन गर्न सकिने बताउछन् । प्रदेश सरकारले यो खाल्को खेल आयोजना गरेर पहाडमा बसेर खेलाडी बन्ने सपना बुन्नेहरुका लागि स्वर्णिम अवसर समेत रहेको उनले अनुभव सुनाए ।