विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग राख्दै "पहिचानको लागि युवा" ले नारा जुलुस लगाएका छन् ।
आज नै गठन भएको पहिचानको लागि युवा फोर्सले प्रदेशको नाम खारेजीको माग राख्दै विराटनगर परिक्रमा गरेको हो ।
संगम पार्टी प्यालेसदेखि रोडशेष चोक हुँदै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुको जेठ १४ गते आइतबार प्रदेशसभाको बजेट अधिवेशनका दिन प्रदेशसभा घेराउ गर्ने कार्यक्रम पनि रहेको छ ।