यातायात मजदुरको र्याली

<span class='c1'>यातायात मजदुरको</span> <span class='c2'>र्याली</span>

विराटनगर, असोज १३ । गाडी दुर्घटना हुँदैन चालक हिरासत वस्दैन, भन्ने नाराकासाथ विश्व अन्तराष्ट्रिय यातायात दिवसको अवसरमा आज विहान विराटनगरमा यातायात मजदुरहरुले चेतनामुलक  र्याली प्रंर्दशन गरेका छन । नेपाल स्वतन्त्र यातायात मजदुर संघठन मोरङको अगुवाईमा निस्केको र्यालीले जीप, कार, रिक्सा, मोटरसाईकल र वस सहित विराटनगर वजार परिक्रमा गरेको थियो । वढ्दो सवारी दुर्घटनामा कमी ल्याउनु पर्ने, यातायात मजदुरलाई कामको समय निर्धारण हनुपर्ने, उनीहरुलाई आराम गृहको व्यावस्था गरिनुपर्ने, प्रशासनिक ढिलासुस्ति हटाईनुपर्ने र यातायात मजदुरहरु माथि हँदै आएका दुव्र्यवहार, लान्छना, अपहेलना र अनर्गल अरोपको अन्त गरिनु पर्ने उनीहरुको माग थियो । र्यालीमा मजदुर नेताहरु किशोर धमला लगायत ट्राफिक प्रहरीहरु समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्