-अनुज खनाल खत्री
खाडीको तातो वालुवा ले रोजे जस्तो छ
मलाई मुग्लानले खोजे जस्तो छ
चिन्ता नगर बा!तिम्रो सपनाको घर बनाउला
आमाको खाली शरीर सुनै सुनले भरौला
ए भाइले नि भकुण्डो भन्थ्यो
बहिनीलाई राम्रो फोन रे अनि सानु तिमिलाई चाहि के नि?
साच्चै देशलाई नि रेमिटेन्स पो त
अब नभेटौला मलाई गाउँ घर तिर
कसैले सोधे आकाशे जहाजमा समुन्द्र पारी गएको छ भनिदिनु
जिउँदै फर्किए फेरि आर्को मार्क्स बनौला आकाशमा उडेको सपना बाकसमा फर्किए मेरो आमाको हात थाम्दिनु
खाडीको तातो वालुवाले रोजे जस्तो छ
मलाई मुग्लानले खोजे जस्तो छ ।।